मेचीनगर, भदौ २५ । नँया बस्ती टोल विकास संस्थाको दुई वर्षे कार्यकालका लागि चौथो वार्षिक साधारणसभाबाट अध्यक्षमा भिम थक्लुङ्ग चयन भएका छन् । बुधबार मेचीनगर–८ स्थित नँयाबस्ती टोलमा सम्पन्न साधारणसभाबाट अध्यक्षमा थक्लुङ्ग चयन भएका हुन् । संंस्थाको सचिवमा पुष्पा देवि लिम्बु तथा कोषाध्यक्षमा हेम जवेगु चयन भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा नविन पौडेल, गीता Read More…
Day: September 10, 2020
झापाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि
झापा, भदौ २५ । झापामा बिहीबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससंगै झापामा कुल संक्रमितको संख्या ७२५ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार शिवसताक्षी नगरपालिकाका २ महिला र ३ पुरुष, कमल गाउँपालिकाका २ पुरुष, बाह्रदशी गाउँपालिकाका २ पुरुष, भारतबाट आएका हेटौंडा घर भएका तथा भद्रपुरबाट स्वाब Read More…
पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ २५ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार १ हजार ८ सय १८ जना कोरोना संक्रमण पछि निको भएका छन् । Read More…
एसिड आक्रमण सम्बन्धि तत्काल नयाँ कानुन ल्याउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं, भदौ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब(एसिड) प्रहार गर्नेमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन् । एसिड आक्रमणमा परेका १२ जना पीडितहरूसँगको एक कार्यक्रममा प्रधानमन्त्री ओलीलले उक्त घोषणा गरेका हुन् । पीडितहरुको माग अनुसार १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएको प्रधानमन्त्री केपी शर्मा Read More…
घर भत्किदा पुरिएर एक जनाको मृत्यु
काठमाडौं, भदौ २५ । पाल्पा जिल्लाको बगनासकालीमा गयराती घर भत्किदा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली ७, खानीगाउँकी कान्तिसरा कनौजेको घर भत्किएर सुतिरहेका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो । सुमनलाइ घर भत्किएर च्यापिएपछि स्थानीय बासिन्दाले निकालेपछि उपचारका लागि युनाइटेड मिसन अस्पतालमा उपचारका लागि ल्याएका थिए Read More…
मौसम: देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना
काठमाडौं, भदौ २५ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दामाथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली भइे केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको Read More…
असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुने
काठमाडौं, भदौ २५ । यातायात मजदुर सङ्गठन र नेपाल यायायात राष्ट्रिय महासङ्घले असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधान सञ्चालन गर्ने भएका छन् । व्यवसायीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले रोके पनि आफूहरूले गाडी चलाउने जानकारी दिएका छन् । सरकारले असोज १ बाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने Read More…







