स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २५ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार १ हजार ८ सय १८ जना कोरोना संक्रमण पछि निको भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार १४४ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ८ लाख १० हजार ४ सय ८५ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ५ हजार ८ सय ६ जना रहेका छन् भने १४ हजार ४ सय ४८ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ६ हजार ३ सय ३८ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार १० जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ३५ हजार ७ सय जना निको भएको प्रवक्ता डा। गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७१ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ३१७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ ।