स्वास्थ्य

झापामा आईतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि

झापा, असोज ४ । झापामा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै झापाका कोरोना संक्रमितको संख्या ७९१ पुगेको छ ।

झापामा आज संक्रमण पुष्टि हुनेहरुमा भद्रपुर नगरपालिका वार्ड नं ५ का ६७ बर्षिय स्थानीय पुरुष र अर्जुनधारा नगरपालिका वार्ड नं १ का २ जना मलेसियाबाट आएका पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए ।

झापामा अहिले १०७ जना उपचारका क्रममा रहेको पनि फोकल पर्सन चौंलागाईं बताए । संक्रमित मध्ये बाँकी निको भएर डिस्चार्ज भएका छन्।

अहिलेसम्म कोरोना संक्रमणका कारण झापामा ३ जनाको मृत्यु भएको छ।