राजनीति

मेचिनगरमा बिभिन्न पाटि परित्याग गरि २०० बढि काङ्ग्रेसमा प्रबेश

मेचिनगर, असोज ४ । मेचिनगर ७ मा बिभिन्न पाटि परित्याग गरि २१० जना काङ्ग्रेसमा प्रबेश गरेका छन् ।

शनिबार मदनबस्तिमा आयोजित पाटि प्रबेश कायक्रममा नेकपा, राप्रपा, सङघिय समाजबादि परित्याग गरि काङ्ग्रेसमा प्रबेश गरेका हुन् । पछिल्लो समय नेकपाले गरेको नेतृत्व प्रति असन्तुष्ट भएका दर्जनौ कार्यकर्ता काङ्ग्रेस प्रबेश गरेका हुन् । उनिहरुलाइ पाटिका जिल्ला सभापति उदब थापाले टिका अबिर र सदस्यता प्रदान गर्दै पाटि प्रबेश गराएका हुन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै पाटि सभापति थापाले नेकपाको सरकारले जनतामा नैरस्य्ता ल्याएको बताउदै सधै जनताको साथमा काङ्ग्रेस रहने बताउनु भयो । साथै उहाले प्रधानमन्त्री केपि शर्मा ओलिले दुइ तिहाइको घमण्ड देखाएर जनतालाइ दुख दिएको बताउनु भयो ।

पाटिका वडा सभापति कन्चन बरालको सभापतित्वमामा सम्पन्न कार्यक्रममा जिल्ला उपसभापति राम कट्टेल, जिल्ला सचिब प्रेम सम्बाहाम्फे, ताराबिर कटुवाल, जिल्ला कोषाध्यक्ष केशबराज पाण्डे, सबिधान सभा सदस्य उशा गुरुङ, क्षेत्रिय सभापति मणि उप्रेति, नगर सभापति इन्द्रबहादुर बुढाथोकी, महिला संघ केन्द्रिय सदस्य गोमा भट्टराई, जेष्ठ नागरिक सभाका केन्द्रिय सदस्य प्रबेस न्यौपाने, महाधिबेशन दुर्गा खतिवडा, तरुण दल जिल्ला सभापति गोपाल तामाङ, मेचिनगर ४ का वडा अध्यक्ष नबिन बराल, वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापामगर, वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ, वडा नम्बर ७ का वडा अध्यक्ष चन्दन मेचे, वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्का, वडा नम्बर १० का वडा अध्यक्ष सुदय पनेरु युवा नेता रोहित बुढाथोकी लगायत बिभिन्न नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

पुर्व वडा सभापति उत्तम राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन सिताराम ढुङ्गेलले गरेका थिए ।