काठमाडौं, बैशाख २७ । नेपाली भूमि अतिक्रमण गर्दै भारत सरकारले चीनसँगको बाटो बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका अखिलका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् ।
नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर सडक बनाएपछि प्रदर्शनमा उत्रिएका अखिलका नेता कार्यकर्ताहरु पक्राउ परेका हुन् ।
अखिलका नेताहरु सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, उत्तर खड्का, प्रेम प्रधान लगायत २० जना पक्राउ गरिएको अनेरास्ववियुले जनाएको छ ।
पक्राउ परेकाहरुलाई पुलिस क्लबमा राखिएको छ । भारतले कोभिड–१९ महामारीको मौका पारेर सडक बनाएको विरोधमा देशभर विरोध भइरहेको छ ।

