संघ \संस्था

डिएसपी ज्ञानमणी पौडेललाई प्रवल जनसेवा श्री चतुर्थ प्रदान

झापा , असोज ४ । संविधान दिवसको अवसर पारेर शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभूषण प्रदान गरेकी छिन् ।

जसअनुसार मानपदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय, ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४५३ जनाले पाएका छन् ।

यसैबीच, सशस्त्र प्रहरीका डिएसपी ज्ञानमणी पौडेल प्रवल जनसेवा श्री चतुर्थबाट विभूषित हुन सफल भएका छन् । पौडेलहाल काठमाडौंमा कार्यरत छन् । केहि दिन अघि मात्रै उनको झापाको काँकरभिट्टाबाट सरुवा भएको हो । पौडेलले कोरोनाको महामारीका बिच पनि झापाको मेचीनगर ६ स्थित काकाँरभिट्टामा रहेर कुशलता पुर्वक आफ्नो नेतृत्व सम्हालेका थिए ।

प्रहरीमा वढुवाका लागि पदक पाउनेलाई दुई नम्वर दिइने हुँदा महत्वपूर्ण मानिन्छ।