काठमाडौं, असोज २१ । नेपालमा बुधबार ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १४ हजार २०९ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जम्मा संक्रमितको संख्या ९४२५३ पुगेको हो। पछिल्लो २४ घण्टामा १ हजार १२६ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।
देशभर २५ हजार ७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृतक थप १५ जनामा कोरोना पुष्टि भएको छ।
हालसम्म कोरोनाबाट ५ सय ७८ जनाको मृत्यु भएको छ।

