संघ \संस्था

प्रतिभा युवा परिवार मेचीनगरको अध्यक्षमा गौतम

मेचीनगर, असोज २५ । प्रतिभा युवा परिवार मेचीनगर–८ को दुई वर्षे कार्यकालका लागि सातौं वार्षिक साधारणसभाबाट अध्यक्षमा राजु गौतम चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित थामी समाजको सामुदायिक भवनमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा गौतम चयन भएका हुन् ।

संंस्थाको उपाध्याक्षमा सञ्जय थामी, सचिवमा विकास राउत, सहसचिवमा जुनु बस्नेत तथा कोषाध्यक्षमा शेखर पौडेल चयन भएका छन् । संस्थाको सदस्यहरुमा गोपाल खनाल, सबिन खनाल, विवेक बुढाथोकी र सविना थामी रहेका छन् ।

त्यसैगरी संस्थाको सल्लाहकार समिति संयोजकमा लाल बहादुुर थामी सल्लाहकारहरूमा विकेन्द्र धिमाल, टिकाभुषण आत्रेय, तुलसीराम घिमिरे र खिला मेचे चयन भएका छन् ।

मेचीनगर–८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेचीनगर–८ का वडा सदस्य सन्तोष मेचे, नेकपा मेचीनगर अध्यक्ष कुन्दन निरौला, समाजसेवी प्रकाश ढुङगानालगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा मेचीनगर–८ का वडा सदस्य गंगा पाठक, नेकपा मेचीनगर–८ वडा सचिव विष्णु भट्टराई, बिन्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दशरथ खडिया, श्रीकृष्ण ब्यासाश्रम मन्दिर समिति सदस्य मुकुन्द भट्टराईलगायत विभिन्न संघसंस्थाका पधादिकारीहरुको आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष युवराज आचार्यको सभापतित्व सम्पन्न सातौं बार्षिक साधारण सभा कार्यक्रममा स्वागत मन्तब्य संस्थाका पुर्व अध्यक्ष संञ्जय थामी र कार्यक्रमको सञ्चालन संस्थाका संस्थापक अध्यक्ष एवंम् कार्यक्रम संयोजक राजु गौतमले गरेका थिए ।