विचार

कसरी गर्व गरौँ मेरो देशको राष्ट्रपति महिला छिन् भनेर ?

बबिता थापा (सन्ध्या)
पाल्पां, कात्तिक ४ ।
महिला हिंसा अन्त्य गर, सरोकार पक्ष चुप कहिले सम्म ? हिजो निर्मला आज सम्झना भोलि को ? मलाई डर लागिरहेको छ बलात्कारी नै बलात्कारीले घेरिएको समाज देख्दा कतै म पनि यसको सिकार हुनुपर्ने त होईन?

मन डराईरहेको छ कहाँ कतिबेला कसको सिकार हुनुपर्ने हो ? कहिलेसम्म हामी दियोको अन्धकारमा जिवन जिउने ? आमा राष्ट्रपति भएको देशमा दिनहुँ छोरी चेली बलात्कृत हुँदा केही फरक नपरेकै हो त ?

अलिकति पनि पोलेन ? मन माया अनि दया भन्ने कुरा पलाएन ? खै कसरी गर्व गरुँ म मेरो देशमा राष्ट्रपति एउटि नारी छिन भनेर ?

एउटि नारी भएर गर्व हुने सट्टा धिक्कार छ । आज हामी छोरी चेलीलाई परेको छ भोलि राष्ट्रपतिका छोरी चेलीलाई नपर्ला भन्न सकिँदैन । एक करोडको गलैँचा फेरेर तिमीले आनन्दले पाईला टेके जसरि नै हामी सबै छोरी चेली जुनसुकै बेला हरेक ठाउँ जाँदा स्वतन्त्रपूर्वक पाईला टेक्न चाहान्छौँ।

बलात्कारको घटना बढ्दै गएको देख्दा घरबाट बाहिर निस्कन पनि डरलाग्ने स्थिति आएको छ आँखिर कहिले सम्म हामी डराएर बाच्ने ? दाजुभाई बाबा काका सबैलै बलात्कार गरेको समाचार सुनिन्छ आखिर कसको भरमा बाँच्नु हामी नारीहरु?

आशा छ हामीलाई राष्ट्रपतिले साथ दिएर आवाज उठ्ने छ आज आवाज उठ्यो भने भोलिको दिनमा अपराधिले कडाभन्दा कडा सजाय पाउनेछन्। आशा गर्छु आउने दिनहरु कुनै चेली बलात्कारको खुनबाट लत्पतिने छैनन्। कुनै पनि आमाको आँखाबाट आँसु झर्ने छैन न्याय भेटिदैन भने बरू घोषणा सुन्न पाम नेपाल एक छोरी बिनाको देश हो।

वर्षौ पहिलाको घट्ना निर्मलाको लागि धेरै आवाज उठे न त हत्यारा पत्ता लाग्यो न त न्याय मिल्यो अहिले सम्झना उनको पनि कहानी उहि हुन्छ दिनहुँ यस्ता घटनाको सिकार भएका छन् छोरी चेली तर सरोकार पक्ष कहिले सम्म मौन रहने ? आफ्नै घरभित्र सुरक्षित छैनन् नारी बाहिर त झन् कसरि हुने? हामीले केही भनेका छैनौ नारीको पिडाको आवाज नारीले किन नउठाउने ?

जबसम्म अपराधिले सजाय पाउदैनन यस्ता घट्ना सजिलै दोहोरिरहन्छन । अरुको देशमा सोह्र बर्षमा प्रधानमन्त्री हुन्छन् छोरी तर हाम्रो देशमा छ महिना मि बच्ची देखि ९७ बर्भष न्दा माथि सम्मका हजुरआमा सम्म बलात्कृत हुन्छिन । यसरि पनि प्रस्ट छ त हाम्रो देशमा सुरक्षा कति छ?

सुरक्षाविहिन देशमा कानुन केका लागि बनाएको? अपराधिलाई फाँसी दिनुपर्छ जबसम्म अपराधि स्वतन्त्र छ तबसम्म यस्ता जघन्य अपराध घटिरहन्छन् देशमा यस्ता घट्नाको अन्त्य भई स्वतन्त्र बाँच्न पाउने कहिले ? नारीको ईज्जतको कदर गर ,रोक जघन्य अपराध चाल सुरक्षा कदम बाँच्न देउ नारीलाई स्वतन्त्र ।