स्वास्थ्य

नेपालमा बुधबार अहिलेसम्मकै धेरै ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक ५ । नेपालमा आज थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुने यो संख्या नेपालमा अहिलेसम्मकै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो Read More…

समाचार

राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलकाे उद्घाटन

काठमाडौं, कात्तिक ५ । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् । ५ वर्षअघिको भूकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरी र नजिकै रहेको दरबार हाइस्कुलको समेत पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी समेत रहेका थिए । २०७२ वैशाख १२ Read More…

राजनीति

जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं, कात्तिक ५ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले वरिष्ठ नेता भट्टराईलाई परिषद्को अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । भट्टराई नेतृत्वको परिषद्प्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने गरी विधान पनि पारित भएको छ । जसपा कार्यकारिणी समितिका सदस्य Read More…

खेलकुद

आईपीएल: पञ्जाबको चौथो जित

काठमाडौं, कात्तिक ५ । किङ्स इलाभेन पन्जाबले आईपीएलमा चौथो जित हात पार्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । दुबईमा मंगलबार भएको खेलमा पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । Read More…