राजनीति

काँग्रेस झापा क्षेत्र नं. १ काठमाडौं सम्पर्क समितिको शुभकामना आदान प्रदान कार्यक्रम भोली

काठमाडौं, कात्तिक ६ । नेपाली काँग्रेस झापा क्षेत्र नं. १ काठमाडौं सम्पर्क समिति काठमाडौंले नेपालीहरुको महान् चाड विजय दशमी, शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४१ को अवसरमा शुक्रबार भोली शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

सम्पर्क समितिले अहिले कोरोना भाइरस कोभिड–१९ को कहर बिच डिजिटल पद्धती अपनाउदै जुम मार्फत शुभकामना आदन प्रदान गर्न लागीएको सम्पर्क समितिका सचिव पदम निरौलाले जानकारी दिए ।

शुभकामना आदन प्रदान कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका लोकप्रिय युवा नेता विश्वप्रकास शर्माको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।

सम्पर्क समितिका अध्यक्ष प्रज्वल कोइरालाका अनुसार भोलि २ बजे जुम आईडी मार्फत हुने शुभकामना आदान प्रदान कार्यक्रममा झापा क्षेत्र न १ का वडा सभापतिहरु क्षेत्रीय समितिका पार्टी र भातृ संगठनका प्रमुखहरु क्याम्पस एकाइ र स्वबियु सभापतीहरु संगै झापा क्षेत्र नं. १ बाट जिल्लामा प्रतिनिधित्व गर्ने जिल्ला पधाधिकारी महाधिवेशन र महासमिति सद्स्यहरु सहभागी हुने छन् ।

झापा क्षेत्र न १ का २१ वडा सभापतिहरु क्षेत्रीय समितिका पार्टी र भातृ संगठनका प्रमुख हरु क्याम्पस एकाइ र स्वबियु सभापतिहरु । क्षेत्र न १ बाट जिल्लामा प्रतिनिधित्व गर्ने जिल्ला पधाधिकारी महाधिवेशन र महासमिति सद्स्यहरु ।