काठमाडौं, कात्तिक ८ । मुम्बई ईण्डियन्स ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा फर्किएको छ ।
प्रतियोगीताको ४१ औ खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले हराउदै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैङलोरसंग समान अंक भएपनि नेटरनरेटमा मुम्बई अघि रहदै शीर्ष स्थानमा पुगेको हो ।

चेन्नईले दिएको १ सय १५ रनको सामान्य चुनौती मुम्बईले ४६ बल अगावै बिना क्षती भेट्टायो । उसको जितमा अबिजित रहदै ईशान किशानले ६८ र क्विन्टन डि ककले ४६ रनको योगदान गरे ।

यसअघि सारजाह क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय १४ रनको सामान्य योगफल तयार पारेको हो । सुरुवातदेखी नै लय गुमाएको चेन्नईको ईनिङस मध्य र पछिल्लाक्रमका ब्याट्सम्यानले उकासेका थिए । साम कुरानले सर्बाधिक ५२ रन बनाएको चेन्नईको ईनिङसमा कप्तान महेन्द्रसिंह धोनीले १६ र सारदुल ठाकुरले ११ रन बनाए । ईमरान ताहिर १३ रनमा अबिजित रहे ।

मुम्बईका ट्रेन्ट बोउल्टले ४ तथा जसप्रित बुमराह र राहुल चहारले समान २ विकेट लिए । नाथन कोउल्टरले एक विकेट लिए । यो हारसंगै साविक उपविजेता चेन्नईको अघिल्लो चरण प्रबेशको संभावना गणितिय रुपमा मात्र कायम छ । ११ खेलबाट ६ अंक जोडेको चेन्नई तालिकाको पुछारमा रहेको छ ।


