विचार

“समय संधै उस्तै रहन्न” यसपाली कोरोना लाग्नबाट बाचौं, जे जस्तो जुट्छ त्यसमा नै चाड मनाऔं

आलिसा अधिकारी
काठमाडौं, कात्तिक ८ ।
अक्षताको टीका निधारमा, जमरा कानमा सिउरेको,
ठुला बडाको आशीर्बादलिन, शिर हाम्रो निहुरेको ।
बितेका दुख पिडा भुल्दै ,आसाको दिप जलाउनु,
जे जस्तो जुट्छ हाम्रो चाड रमाइलो संग मनाउनु ।

हाम्रो पौराणिक र सास्कृतिक महत्त्व बोकेको महत्वपूर्ण र रमाइलो ठुलो चाड घर आगनमा आइपुगेको छ। माता भवानीले महिशासुर लाई परास्त गरेर असत्य माथी सत्यको बिजय प्राप्त भएको दिन बिजय दशमी तपाईं हाम्रो लागी सदियौ देखी विशेष बन्ने गरेको छ।

घटस्थापनाको दिनबाट नौ दुर्गा माताको फरक फरक रुपको पुजा गरेर घरमा जमरा राखी दशौ दिन हामी आफू भन्दा ठुला बाट टीका जमरा आशिर्वाद ग्रहण गर्छौ। हाम्रो एउटा ठुलो चाड अर्थात् बडा दशैको रुपमा साच्चै नै विशेष तरिकाले मनाइरहेका हुन्छौं। बच्चा युवा बृद्ध सबैलाई यो चाड्ले जोड्ने गर्दछ। हामी परिवार विभिन्न कारण टाढा टाढा फैलिएको हुन्छौ तर यो दशैमा आफ्नु मुलघर र आफन्त अग्रज ब्यक्तीबाट आशिर्वाद लिन पनि यही समय पुगेकै हुन्छौं। हामी दैनिक काम काज छोडेर भए पनि हाम्रो यो महान चाडको भब्यता र रिति रिवाजमा केहि पनि कमि आउन दिदैनौ। यस पाली हामी कोभिड(१९को विश्वब्यापी महामारी बाट गुज्रिरहेका छौ। आर्थिक हिसाबले लगभग अर्थतन्त्र धराशायी नै बन्न पुगेको छ। निकै कष्टकर समय ब्यतित गरिरहेको छौं भन्दा फरक नपर्ला ।

यस्तो बेलाको यो महत्त्वपूर्ण चाडको रौनक बितेको बर्ष भन्दा निकै कम देखिन्छ जमघट र भेट घाट अनि विभिन्न सास्कृतिक र पौराणिक झाकिहरु हुने नाच गान कन्सर्ट हुने यो बेला लगभग चकमन्न छ।यो व्यापक सरुवा रोगको महामारीको बेला हामी आफै पनि सजक बन्नुपर्छ।यस्ता भिड्भाड बाट टाडै बसेर आफु लाइ संक्रमण बाट जोगाउनु छ।एकअर्कामा सद्भाव बाड्ने यो चाड सिमा बद्द भएर मनाउन पर्दा केहि खिन्नता त पक्कै हुन्छ । तर पनि आफ्नु परिवारसग विभिन्न माध्यम बाट जोडिएर हामी देख्न र बोल्न सक्छौ ।

अहिलेको युग प्रबिधिको युग पनि हो । हामी यस्तो महामारी सग जुधै गर्दा हामिले महङ्गाइ र अभाव पनि भोग्नु परेको छ । यस्ले हाम्रो आर्थिक पाटो निकै कम्जोर बनाइदिने छ। तसर्थ चाड फेरि आउछ फेरि समय बद्लिन्छ । एउटा भनाइ छ “समय संधै उस्तै रहन्न ” यस पालीलाई हामी रोग लाग्नबाट बचौ । हाम्रो महान चाड फेरि आउने छ ।माता भवानिको कृपा हामीमा बनी रहनेछ । हामी यो अवस्थाबाट पार तर्ने हिम्मत साहस जुटाउन माता भवानीको अनुपम कृपा प्राप्त गरौं । विश्व जगतको कल्याण होस । सबैमा बिजया दशमीको हार्दिक सुभकामना ब्याक्त गर्दछु । जय मा दुर्गा । लेखिका मिस नेपाल प्रतियोगि २०१८, ब्राण्ड एम्बसेटर आर.एन.ग्रुप यु.एस तथा विमान परिचालिका (एयरहोस्टेज) हुन् ।