

काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैको टीका ग्रहण गरेका छन्। त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई टीका र जमराको माला लगाइदिएकी छन् ।


उक्त अवसरमा प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दशैंको टीका र जमराको माला ग्रहण गरिन । प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा टीका लगाउन पाएनन् ।


प्रधानमन्त्री ओलीलेबालुवाटारमा पत्नी राधिका शाक्यलाई मात्र दसैँको टीका लगाइदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत जानकारी दिए ।


