संघ \संस्था

प्यारीभिट्टा युवा क्लबले अनाथ छात्र छात्रालाई खाना खुवाएर गर्‍यो बडादसैँको बिदाई

मेचीनगर, कात्तिक १५ । नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा प्यारीभिट्टा युवा क्लब मेचीनगर–७ ले अनाथबालबालिकाहरुलाई खाना खुवाएको छ । क्लबकाले दशैंको अन्तिम दिन मेचीनगर–७ मा रहेको जागृत अनाथ बालआश्रममा नै पुगेर खाना खुवाएको हो ।

नेपाली सबैले उत्साह र उमङ्गका साथ मनाउने बडादशैंमा बाध्यताले अनाथ आश्रम बस्न बाध्य भएका छात्र छात्रालाई पनि थोरै भए पनि खुशी बनाउन क्लबले खाना खुवाएर दशै लाई बिदाई गरेको क्लबका अध्यक्ष मुक्तिनाथ काफे्ले बताए ।

क्लबका अध्यक्ष काफ्ले, सचिव राजमान तामाङलगायत पद्धाधिकारीहरु सामेल भएर अनाथ छात्र छात्रालाई खाना खुवाएको हो ।

सामाजिक सेवामा सक्रिय भुमिका निर्वाह गर्दै आएको यस क्लबले कोरोनाको कहर बिच लकडाउनमा राहत वितरण गर्नुका साथै अप्ठेरोमा परेका तथा बाटोमा अलपत्र परेका मेचीनगरको काँकरभिट्टा देखि कन्काई नगरपालिकाको सुरुङ्गा सम्मका मानिसहरुलाई खाना खुवाएको थियो । साथै क्लबले ज्याला मजदुरी गरेर खाने तथा गरिब दुखीलाई सहुलियतमा लकडाउनको समयमा न्यून सुल्कमातरकारी लगायतका सामाग्रीहरु वितरण गरेको थियो ।