


झापा, कात्तिक २९ । खुदुनाबारीमा तेक्वान्दो खेलको ग्रेडिङ्ग कार्य सम्पन्न भएको छ । तेक्वान्दो खेलको उर्भरभूमीको रुपमा रहेको यस क्षेत्रमा ग्रेडिङ्ग भए संगै खेलडीमा उत्साह थपीएको छ । खुदुनाबारी तेक्वान्दो डोजाङ्गले फाल्गुनन्द जयन्तीको अवसर पारेर आयोजना गरेको ग्रेडिङ्गमा ६० जना खेलाडीले विभिन्न कलरका बेल्ड (डान्र) प्राप्त गरेका थिए ।

खुदुनाबारी डोजाङ्ग प्रमुख होम दुलालको अध्यक्षतामा सञ्चालन भएको ग्रेडिङ्ग कार्यक्रममा झापा क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिका खेलकुद विकास समिति संयोजक अर्जुन मेचेको बिशेष आतिथ्यता रहेको थियो ।
त्यसै गरी ग्रेडिङ्ग कार्यक्रममा राखेप खेलका तेक्वान्दो प्रशिक्षक कर्ण बहादुर दाहाल, जितेन मेचे, जिल्ला तेक्वान्दो संघ झापा अध्यक्ष बाबुलाल सुब्बा, सचिव कुमार भट्टराई, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य प्रत्युस आजात रानामगर, नेकपाका युवा नेता हुकुम नेपाली, अर्जुनधारा नगरपालिका वडा नम्बर ३ खेलकुद विकास समिति संयोजक कामु सुब्बा, अर्जुनधारा नगरपालिका वडा नम्बर ३ युवा परिषद संयोजक सुर्य ईम्बुङलगायतको आतिथ्यता रहेको थियो ।

ग्रेडिङ्गमा सहभागी तेक्वान्दो प्रशिक्षार्थीहरु मध्ये उत्कृष्ट सानु लिम्बु र आकृति बर्देवा घोषित भए । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य खरेलले गरेकी थिईन् ।







