


काठमाडौं, मंसीर २ । सरकारले किजा पूजाको अवसरमा मंसिर २ गते मंगलबार आज सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै आज देशभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
मन्त्रिपरिषद्को गत २४ गतेको निर्णयानुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता चक्र हादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।











