शिक्षा

गुणात्मक शिक्षा, पहुच र उचित व्यवस्थापनले मात्र बालबालिकाको शैक्षिक उपलब्धी हुन्छ: शिक्षा मन्त्री पोखरेल

युवराज आचार्य
मेचीनगर, मंसिर २७ ।
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षा, पहुच र उचित व्यवस्थापनले मात्र बालबालिकाको शैक्षिक उपलब्धी हुने बताएका छन् । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित आदर्श मावि आयाबारीमा निर्माण भएको नवनिर्मित पुस्तकालय भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्त्रि पोखरेलले शो कुरा बताएका हुन् ।

करिब २५ लाखको लागतमा निर्माण भएको नवनिर्मित भवनका लागि संघिय सरकारबाट १६ लाख तथा प्रदेश सरकारबाट ६ लाख आर्थिक सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापनले जनाएको छ ।

कोरोना भाइरस कोभिड १९ का कारण विश्वका ४५ देशले शैक्षिक सत्र रद्द गरेको स्मरण गराउँदै मन्त्री पोख्रेलले नेपालले शैक्षिक बर्ष सुनिश्चत गर्न अहोरात्र मेहनत गरिरहेको हुँदा यो बर्षको शैक्षिक सत्र खेर जान नदिने बताए ।

संबोधनका क्रममा संघिय सरकारका मन्त्रि पोखरेलले बालबालिकाहरुलाई गुणात्मक शिक्षा, पहुच र उचित व्यवस्थापनले मात्र उनिहरुको शैक्षिक उपलब्धी हुने भन्दै शिक्षाबाट नै विद्यार्थीले उचित ज्ञान, असल चरित्र र दक्ष शिप सिक्ने वातावरण बनाउन विद्यालय, शिक्षक र अभिभावकहरुलाई आग्रह गरेका छन् ।

साथै विद्यालयले तयार गरेको मागपत्र ग्रहण गर्दै मन्त्री पोखरेलले प्रबिधि युक्त जनशक्ति उत्पादन तर्फ सरकारले विशेष महत्त्व दिएको र सोही बमोजिम शिक्षा मन्त्रालय अधि बडीरहेको स्मरण गराउदै विद्यालयको मागका सन्दर्भमा विशेष महत्त्वका साथ लिने समेत बचन बद्धता व्यक्त गरेका छन् ।

सामुदायिक विद्यालय अन्तर्गत मुलुकमै एउटा छुट्टै पहिचान बनाउन सफल आदर्श माध्यामिक विद्यालयले प्रबिधिमैत्री शिक्षण शिकाईलाई अगाडी बढाई रहेको छ । सोहि अनुरुप विद्यालयले सुविधा सम्पन्न र व्यवस्थित पुस्तकालयको निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेल (अर्जुन) ले जानकारी दिए ।

पुस्तकालय भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मन्त्रि पोखरेल, बिशिष्ट अतिथि संघिय सांसद कुमारी मेचे , प्रदेश सांसदद्वय श्रीप्रसाद मैनाली र राधा थापा, मेचीनगर नगरपालिका उपप्रमुख तथा कार्यवाहक प्रमुख मीना पोखरेल उप्रेतीको रहेको थियो ।

त्यसैगरी कार्यक्रममा मेचीनगर–८ का वडा अध्यक्ष बिकेन्द्र धिमाल, मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, मेचीनगर–८ का वडा सदस्यहरु सन्तोष मेचे, खिला मेचे, गंगा पाठक, शिक्षा सेवी पुष्पराज पौडेल, नेकपा जिल्ला कमिटि झापा सदस्य डिल्लीराम घिमिरे, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली कांग्रेस मेचीनगर सभापति ईन्दबहादुर बुढाथोकी, राप्रपा मेचीनगर अध्यक्ष शुशिल आचार्य, नेकपा मेचीनगर–८ अध्यक्ष कुन्दन निरौला, सचिव बिष्णु भट्टराई,शिक्षक महासंघ झापा शाखा सदस्य तोयानाथ दाहाल, मेचीनगर अध्यक्ष लेखनाथ पौडेललगायतको आतिथ्यता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेल (अर्जुन) को अध्यक्षतामा आयोजना भएको कार्यक्रमको स्वागत प्रधानाध्यापक कृष्ण पुरी र सञ्चालन शिक्षक लम्बोदर पौडेलले गरेका थिए ।