राजनीति शिक्षा

अखिलद्वारा शहिद लक्ष्मी पाण्डे स्मृतिमा माता मायादेविलाई सुरुङ्गामा सम्मान

झापा, मंसिर २७ । तत्कालिन पंचायती शासकहरुद्धारा माइखोलाको किनारमा हत्या गरिएका शहिद लक्ष्मी पाण्डेको स्मृतिमा आज उहाँको शालिक स्थान कनकाई ४ इलुवावारीमा स्मृति सभा गरिएको छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियान जिल्ला कमिटिको आयोजनामा भएको कार्यक्रममा शहिद पाण्डेकी माता मायादेवि पाण्डेलाई सम्मान गरिएको थियो ।

मायादेविलाई नेकपाका जिल्ला सचिवालय सदस्य कुबेर श्रेष्ठ अरुण, अनेरास्ववियु केन्द्रीय सदस्य खगेन्द्र सुवेदी, भक्त शंकर, नरेश चुडाल, राजेश कार्की, भीष्म पौड्याल, पूर्व जिल्ला अध्यक्ष रोषन सुवेदी , विद्यार्थी नेताहरु सागर लिम्बु, नविन राई, नविन सिटौला, उत्सव वास्तोला लगायातले सम्मान गर्नुभयो ।

कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरुले विद्यार्थी हकहितका लागि शहिदको बलिदानी भएपनि आजको मितिसम्म शिक्षामा तल्लो तहका विद्यार्थीहरुको पहुच नपुगेको भन्दै गुनासो गरेका थिए ।

विद्यार्थी नेताहरुले शहिदले देखाएको बाटोलाई आत्मसाथ गर्नुको साटो नेताहरु आफ्नो सानो गुटलाई चलायामान बनाउदै हिडेर शहिदकै रगतको अबमुल्यन गरेको आरोप समेत लगाए ।

तत्कालिन सरकारले विं.स २०४४ सालमा भारतीय सरकारले मेघालयमा नेपालीभाषिमाथि गरेको दमनको विरुद्धमा विद्यार्थी आन्दोलन गरिरहेको वेला शहिद पाण्डेलाई कनकाई नगरपालिका ४ को माईखोलामा तत्कालिन शासकहरुले बाटो छेकेर छातीमा गोली ठोकेर मारेका थिए । उनै लक्ष्मी पाण्डेले पुलिसहरुले नेपाली चेलीबेटीमाथि अभद्र व्यावहार गर्न थालेपछि उनले बरु मेरो छात्तीमा गोली हान चेलीबेटीलाई छाड भनेर सर्टको टाक खोली छात्ती थापेका थिए ।

त्यसबेलै प्रहरीले गोली हान्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । शहिद लक्ष्मी पाण्डे मारिएको आजकै दिन हरेक बर्ष शहिद लक्ष्मी पाण्डेको शालिक स्थल कनकाई ४ लक्ष्मीमार्गमा स्मृतिसभाको आयोजना गरिदै आएको छ । कनकाई ४ मा रहेको उक्त शहिद पाण्डेको सालिक पुर्व प्रधानमन्त्री मनोमोहन अधिकारीद्धारा उदघाटन गरिएको हो ।

कार्यक्रम अनेरास्ववियु झापाका संयोजक अनिल सुवेदीको सभापतित्व र सहसंयोजक दुर्गा धमलाको संचालनमा भएको थियो ।

यसैविच झापामा केपी ओली नेतृत्वको विद्यार्थी समुहले समेत सुरुङ्गामै अलग्गै लक्ष्मी पाण्डेको स्मृति सभा मनाएको छ ।