संघ \संस्था

बुधवारे जेसीजको अध्यक्षमा अनिल वाग्ले निर्वाचित

बाहुण्डाँगी, मंसिर २७ । बुधबारे जेसिजले बर्ष २०२१ का लागि नयाँ नेतृत्व पाएको छ । शनिबार भएको नवौं बार्षिक साधारणसभाको अवसर पारेर नयाँ नेतृत्व चयन भएको हो । २०२१ को अध्यक्षमा अनिल वाग्ले सर्वसम्मत निर्वाचित भएका हुन् ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा अर्जुन ढकाल र कृष्ण ढकाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा घिमिरे, बिनोद रिजाल, रुद्र निरौला, पर्शुराम भट्टराई सर्वसम्मत चयन भएका आयुष निरौलाले बताउनु भयो । ।

बर्ष २०२० का अध्यक्ष नन्दकुमार याफु राईको अध्यक्षता, सस्थापक अध्यक्ष प्रकाश सिवाकोटीको विशेष आथित्यमा भएको साधारण सभामा नेपाल जेसिजका राष्टिय उपाध्यक्ष जेसी विशाल थापाको प्रमुख आतिथ्या रहेको थियो ।