बाहुण्डाँगी, २७ मंसिर । २०१८ को जनकपुर महाधिवेशनबाट पूर्ण स्वीकृति पाएको चितवनको सौराह लेडी जेसीजको तेस्रो अध्यक्षमा बबिता चौधरी सर्वसम्वत निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो । संस्थापक अध्यक्ष सुजता विष्टको नेतृृत्वमा स्थापना भएको यस शाखाका लागि २०१९ को नेतृत्व लक्ष्मी बिडारी र २०२० को सरस्वती सेडाँइले सम्हाल्नु भएको थियो । यो संगै यस शाखाले् ४ जना अध्यक्ष पाएको छ ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा शान्ति पौडेल, मञ्जु चौधरी, उपाध्यक्षहरुमा सुनिता लामिछाने, बुजु चौधरी, अनिता पाण्डे, धन शर्मा, निर्वाचित हुनु भएको छ । यसैगरी महासचिवमा आस्था पाण्डे, कोषाध्यक्षमा शान्ता पराजुली र कानुनी सल्लाहकारमा स्वपना भण्डारी मनोनित हुनु भएको छ ।

