मेचीनगर । मेचीनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बाले तेक्वान्दो खेलको छैटौं डान प्राप्त गरेका छन् ।
जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक समेत रहेका वडाध्यक्ष सुब्बाले नेपाल तेक्वान्दो संघद्वारा आयोजित तेक्वान्दो दिक्षान्त समारोहमा छैटौं डान प्राप्त गरेका हुन् ।

२०४८ सालदेखि निरन्तर तेक्वान्दो खेलमा रहेका सुब्बाले २०५४ सालमा क्लाक बेल्ट प्राप्त गरेका थिए । खेलाडी जिवनदेखि प्रशिक्षकसम्म तेक्वान्दो खेलको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेका उनले जिल्लादेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

नेपाल तेक्वान्दो संघद्वारा आयोजित तेक्वान्दो दिक्षान्त समारोहमा नेपालभरका १७ जना प्रशिक्षकहरुको सहभागिता रहेको थियो । झापाबाट दुई जना सहभागि रहेको दिक्षान्त समारोहमा उनीसंगै हरि भुजेल रहेका छन् ।

