संघ \संस्था

चारआली जेसिजद्वारा विद्यार्थीलाई केरियर ओरिन्टेसन तालीम सम्पन्न

मेचीनगर । मेचीनगर १३ स्थित चारआलीमा विद्यार्थीलाई केरियर ओरिन्टेसन तालीम सम्पन्न भएको छ ।

चारआली जेसिजको आयोजनामा शुक्रबार सहिद दसरथ माविका विद्यार्थीलाई केरियर ओरिन्टेसन सम्बन्धि एकदिवसीय तालीम सम्पन्न भएको हो ।

चारआली जेसिज अध्यक्ष भोजराज पराजुलीको अध्यक्षता आयोजना भएको तालिममा प्रमुख अतिथि त्रिदेव बहुमुखी क्याम्पस चारआलीका प्रमुख प्रा. माधव प्याकुरेलको रहेको थियो ।

उत्तम प्र.पकुवालको प्रमुख प्रशिक्षकमा सम्पन्न तालिममा ११ र १२ का करिब ६० जना विद्यार्थीहरू सहभागी रहेका थिए ।

कार्यक्रम संयोजक सन्देश न्यौपाने स्वागत गरेको कार्यक्रममा जेसिज आस्था बाचन सदस्य बिनय दाहालले गरेका थिए । चारआली जेसिजका महासचिव उत्सव भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।