संघ \संस्था

पत्रकार महासंघ झापाको अधिवेशन आज

मेचीनगर, पुस ११ । नेपाल पत्रकार महासंघ झापा शाखाको १३ औं अधिवेशन शनिबार आज झापाको मेचीनगर–६ स्थित काकँरभिट्टा खानेपानीको सभा हलमा बिहान ८ः३० बजेदेखि आयोजना हुदै छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्टको प्रमुख आतिथ्यमा हुने अधिवेशनमा झापाका २५८ सदस्यहरुले भाग लिने नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव सन्तोष आचार्यले जानकारी दिए ।

फागुनमा जिल्लादेखि केन्द्रसम्मको नयाँ नेतृत्व ल्याउने तयारीका साथ पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले अहिले धमाधम विभिन्न शाखाहरुको अधिवेशन आयोजना भईरहेका छन् ।

पत्रकारहरुको बाक्लो बाहुल्यता रहेको झापामा पनि नेतृत्वका लागि चहलपहल सुरु भई सकेको छ ।