कमल, माघ ६ । कमल गाउँपालिका वडा नम्बर ५ पाडाजुंगीमा चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको नयाँ नेतृत्व चयन भएको छ ।हिजो निर्वाचन सम्पन्न गरि संस्थाको कार्य समिति टुंगो लगाएको थियो।गत पुस २२ गतेदेखि शुरु भएको निर्वाचन प्रकृया सहमितमा टुंगो नलागे पछी हिजो सोमबार मतदानवाट नेतृत्व चयन गरिएको थियो ।
निर्वाचन अगाडि नै युवा व्यक्तित्व रोशन दाहाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। उनी सगै सञ्चालक समितिको उपाध्यक्षमा उषा भण्डारी , सहसचिवमा विनय श्रेष्ठ , लेखा समिति संयोजकमा प्रेम दुलाल पनि निर्विरोध निर्वाचित भएका थिए ।गठित निर्वाचन समितिका संयोजक जीवराज भट्टराईका अनुसार अध्यक्ष पदका अर्का प्रत्यासी बालकृष्ण गौतमलाई फराकिलो मतान्तरले पराजित गर्दै सान्तकुमार राई (सन्तु) अध्यक्षमा निर्वाचित भएका हुन् ।
राईले २४९ मत पाएका थिए भने उपिवजेता गौतमले ८४ मत पाएका थिए । सचिव पदमा सञ्जयकुमार कुमालले २२१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी सुखराज लिम्बुले ११० मत पाएका छन् ।
त्यस्तै, सञ्चालक समिति सदस्यहरुमा कविता गुरुङ (१८६ ), ओमकुमार प्रधान(१८३), चन्द्रबहादुर कार्की (१६९) , पिताम्बर खडका (२०२) , रणबहादुर बराइली (१७५) र भक्तबहादुर काकी (१७३) तथा लेखा सदस्यद्धयमा रेवत गुरुङ (१८० ) र सुनिल थापा (१४८ ) ल्याएर निर्वाचित भएका छन् । ३७२ जना शेयर सदस्य रहेको संस्थाको निर्वाचनमा ३३८ मत खसेको थियो ।
निर्वाचन सम्पन्न भट्टराईको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । यसैवीच नवनिर्वाचित समितिको आज अपराह्न संस्थाको आफनै कार्यालयमा परिसरमा सपथग्रहण कार्यक्रम रहेको निर्वाचन समिति संयोजक भट्टराईले वताए ।

