खेलकुद

पिएसजीको नजर मेस्सीमाथि

काठमाडौं, माघ ६ । स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीमाथि पेरिस सेन्ट जर्मेइन पीएसजीले नजर लगाएको छ ।

बार्सिलोनामा अन्तिम सिजन खेलिरहेका मेस्सीलाई फेन्च लिग वानमा खेलाउने रहर रहेको पीएसजीका स्पोर्टस डाइरेक्टर लियोनार्दोले बताएका छन् ।

गोल डटकमका अनुसार मेस्सी जस्ता स्टार खेलाडी फेन्च लिगमा खेलाउने लक्ष्य जहिल्यै रहने उनले बताएका छन् । उनले पीएसजीमा नेयमार र केलिन एम्बाप्पेसँगै मेस्सीलाई पनि खेलाउने इच्छा रहेको उल्लेख गरे ।

पछिल्लो समय मेस्सी बार्सिलोनामा खुसी नभएको समाचारहरु सार्वजनिक भएका बेला विभिन्न क्लबहरुले उनीमाथि नजर राखेका थिए । त्यतिबेला यो सिजन बार्सिलोनाबाट खेल्ने गरि मेस्सी बसेका थिए ।