संघ \संस्था

बालाजु जेसीजको अध्यक्षमा दिपेन्द्र भट्टराई निर्वाचित

बाहुण्डाँगी, माघ ९ । बालाजु जेसीजको २०२१ का लागि अध्यक्षमा दिपेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । हालै सम्पन्न शाखाको छैठौँ शाखा अधिवेशनले भट्टराईलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा भोजराज पान्डे र जानकी पान्डे सर्वसम्वत निर्वाचित हुनुभएको छ ।

यसैगरी उपाध्यक्षहरुमा राजेश पोखरेल, सौरभ फुयाल, गिता खड्का थापा र पुष्पराज भट्टराई सर्वसम्वत निर्वाचित हुनुभएको शाखाका संस्थापक अध्यक्ष श्रीाम पौडेलले बताउनु भयो । यसैगरी कानुनी सल्लाहकारमा पृथ्वी पुन, महासचिवमा राजन गुरुङ र कोषाध्यक्षमा प्रभात पौडेल मनोनित हुनुभएको छ । अधिवेशन शाखाकी २०२० की अध्यक्ष सीता पाण्डे पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।