बाहुण्डाँगी, माघ ११ । पर्वत जेसीज द्वारा गुप्तेश्वर बेदबेदाङ्ग संस्कृत पाठशाला कुश्मा पर्वतका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
पर्वत जेसीजले संस्कृत पाठशालामै एक कार्यक्रम आयोजना गरी खाद्यान्न हस्तान्तरण गरेको हो । सामाजिक सेवा संगै धर्म संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्छ भन्ने उद्देश्यले गुप्तेश्वर बेदबेदाङ्ग संस्कृत पाठशालामा सहयोग गरेको जेसीजले बताएको छ ।
कार्यक्रममा पर्वत जेसीजका अध्यक्षीय सल्लाहकार प्रेम गुरुङ ‘अशोक’, पर्वत जेसीजका पुर्व अध्यक्ष मोहन आचार्य, गुप्तेश्वर बेदबेदाङ्ग संस्कृत पाठशालाका अध्यक्ष खडानन्द आचार्य, पाठशालाका प्रधानाचार्य पदमराज रेग्मी लगायतले बोल्नुभएको थियो ।
पर्वत जेसीज २०२१ का अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पर्वत जेसीजका महासचिव उषा चापागाईंले गर्नुभएको थियो ।

