संघ \संस्था

संसद विघटनको बिरुद्धमा आज काँकरभिट्टामा नागरिक सडकमा ओर्लदै

मेचीनगर, माघ १५ । ‘संविधानको रक्षा र प्रतिनिधिसभा पुनस्थार्पनाको माग गर्दै बिहिवार झापाको काँकरभिट्टा नागरिकले प्रदर्शन गर्ने भएकाछन्। विभिन्न पेशा र व्यवसायसँग आबद्ध उनीहरुले नागरिक आन्दोलन कार्यक्रम मार्फत विरोध सभाको आयोजना गर्ने भएका हुन् ।

रिडर्स झापाका सदस्य सागर शिवाकोटीका अनुसार बिहिबार संविधानको रक्षा र प्रतिनिधिसभाको पुनस्थार्पनाको माग गर्दै विभिन्न पेशा र व्यवसायसँग जोडिएका नागरिकहरुले कार्यक्रमको आयोजना गरेको बताए ।

शिवाकोटीका अनुसार संवधिानको रक्षा र प्रतिनिधिसभाको पुनस्थार्पनाको पक्षमा रहेका नागरिकहरुले संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरेको बताईएको छ । उनका अनुसार आज चार बजे काँकरभिट्टा बजारको परिक्रमा पछि स्थानिय हनुमान मन्दिरमा कोण सभाको आयोजना गरिएको छ।