बाहुण्डाँगी, १६ माघ । पर्वत जेसीजको आयोजना मा यहि माघ १४ गते देखि १६ गते ३ दिन सम्म कुश्मा स्थित श्री रामजानकी मन्दिर मा योग शिविर
सम्पन्न भएको छ ।
स्वस्थ्य रहने उद्देश्यले कार्यक्रम को आयोजना गरेको जेसीजले बताएको छ ।
पर्वत जेसीज २०२१ का अध्यक्ष जेसी सुमन श्रेष्ठको अध्यक्षता, बिश्व हिन्दु महासंघ, पर्वत का अध्यक्ष लोकनाथ आचार्य को प्रमुख आतिथ्यता एवं प्रमुख प्रशिक्षकत्व, मा सम्पन्न उक्त कार्यक्रम मा पर्वत जेसीजका पुर्व अध्यक्ष जेसी मोहन आचार्य ज्यु ले कार्यक्रम को उद्देश्य बारे प्रष्ट पार्नु भएको थियो ।
नि। अध्यक्ष जेसी रामु शर्मा ज्युको शुभकामना मन्तब्य, कार्यक्रम संयोजक जेसी सन्दिपा पौडेल को स्वागत मन्तब्य र सदस्य जेसी पुजा अधिकारी को आस्थापाठ रहेको उक्त कार्यक्रमको संचालन पर्वत जेसीजका महासचिव जेसी उषा चापागाईंले गर्नुभएको थियो ।

