संघ \संस्था

रामेछाप जेसीजको आयोजनामा सम्बन्धी तालिम सम्पन्न भएको छ ।

रामेछाप जिल्ला भित्र रहेका बिभिन्न क्षेत्रका पेशामा आबद्ध भएका ब्यवसायीहरु ,जेसिजका आबद्ध युवा ब्यवसायिहरु , बोर्डका पदाधिकारीहरु र सदस्यहरु लाई आफ्रनो ब्यवसाय लाई सिर्जनात्मक तरिका बाट संचालन गर्न उत्पेरित गर्नका लागी तालिमको आयोजना गरिएको शाखाका अध्यक्ष जीवन कार्कीले बताउनु भयो ।


जि.एस .होटल ,मन्थलीमा भएको तालिममा नेपाल जेसीजका अनुभवी प्रशिश्रक जेसीआई सिनेटर राजाबाबु शाहले पशिश्रण गराउनु भएको थियो । उद्योग बाणिज्य संघ रामेछापले संयोजन गरेको तालिममा ६७ जनाको सहभागिता रहेको थियो । शाखाका अध्यक्ष जीवन कार्कीको सभापतित्व तथा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथि ः उधोग बाणिज्य संघ , रामेछापका अध्यक्ष केशव घिमिरे, उधोग बाणिज्य संघ , रामेछापका निवर्तमान अध्यक्ष श्याम थापा, शाखाका पूर्व अध्यक्षहरु,लगायतको सहभागितामा तालिम सम्पन्न भएको हो ।


संगिता श्रेष्ठले संयोजन सहित स्वागत मन्तव्य गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सन्तोष खत्रीले गर्नु भएको थियो ।