बाहुण्डाँगी १८ माघ । पोखराको शहिदचोक, बिरौटामा रहेको शहिद पार्कमा जेसीआइ पोखराले सहिद दिवसको अवसरमा दिप प्रज्जवलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथी को रुपमा पोखरा जेसीज का पूर्व अध्यक्ष जेसीआइ सिनेटर नारायण शर्मा हुनुहुन्थ्यो भने कार्यक्रममा जेसीआइ पोखराका पूर्व अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २४ जनाका साथै जेसीआइ पोखरा लेडीका सदस्यहरु एवं अन्य संघ सस्थाका व्यक्तिहरुको बाक्लो सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता बर्ष २०२१ का कार्यकारीणी उपाध्यक्ष जेसी ई. सन्देश पराजुलिले गर्नुभएको थियो तथा कार्यक्रम संचालन महासचिव जेसी भाईराज राना मगरले गर्नुभएको थियो । कार्यक्रमको संयोजन जेसी सञ्जय पौडेलले गर्नुभएको थियो ।

