बाहुण्डाँगी, १८ माघ । पोखरा जेसीजद्वारा आइतबार खाद्यान्न तथा भान्छा सामाग्री बितरण कार्यक्रम आयोजना गरेकोछ । पोखरा जेसीस २०२१ का अध्यक्ष ई. किरण केसी का पुजनीय पिता स्व. बलराम के.सीको पुण्य तिथीको अवसर पारेर हाल १०० जना भन्दा बढिलाई आश्रय दिइरहेको मानव सेवा आश्रम पोखरा १७ मा पोखरा जेसीसको आयोजना तथा बलराम के.सी. स्मृति प्रतिष्ठान र स्व।के।सीको पारिवारिक स्रोतको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको छ । करिब ४२ हजार बराबरको भान्सामा आवश्यक पर्ने सामाग्री तथा खादन्न वितरण गरिएको हो ।
पोखरा जेसीस २०२१ का अध्यक्ष ई. किरण के।सीले बुबाले गरेको सामाजिक कामले आफुलाई गर्व गर्न लायक बनाएको बताउनुभयो । उनले भने, बुवा नै मेरो आदर्श हो ।

परिवारमा मात्र नभइ समाजमा पनि प्रेरणा मिलेको बताउनुभयो । उहाँले प्रतिष्ठान बुवाका सहकर्मी, साथीहरुले स्थापना गरिदिएको पनि बताउनुभयो ।
त्यस्तै कार्यक्रममा हिमालयन अर्गानाइजेसनका प्रबन्ध निर्देशक तथा स्व।बलराम के।सीका सुपुत्री मिलन थापा, आयम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक तथा स्व।बलराम के।सीका सुपुत्र निरन के।सी, पोखरा जेसीस २०१५ का अध्यक्ष सिनेटर छवि सुवेदी लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।
आश्रममा आज आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानका सचिव तथा अधिवक्ता रोहित राज वास्तोलाले आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई नगद पाच हजार रकम हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा मानव सेवा आश्रमका जिल्ला संयोजक राजन सापकोटाले आश्रमले खोजेकै सामान पाएकोमा खुशी लागेको बताउनुभयो । उहाँले युवा नेतृत्व लिएर अगाडी बढेमा मात्र देशलाई नयाँ नेतृत्वमा लान सक्ने बताउनुभयो ।

खुला आकाशमुनि सडकका किनारा एवम् सार्वजनिक स्थालमा कष्टपूर्ण जीवन यापन गर्न वाध्य समाजका असहाय तथा मनोरोगी मानिसको उद्धार गरि पालन पोषण संरक्षण एवम् पारिवारिक वातावरण संस्थाले प्रदान गर्दै आएको छ ।
संस्थाका अध्यक्ष पोखरा जेसीस २०२१ का अध्यक्ष के।सी को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पोखरा जेसीस २०२१ का सामुदायिक विकास क्षेत्रका उपाध्यक्ष बिनु श्रेष्ठ र संचालन पोखरा जेसीस २०२१ का सचिव प्रकाश घिमिरेले गर्नुभएको थियो ।

