काठमाडौं, माघ २२ । आम हड्ताल सफल बनाउन नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्किएका छन्।
प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएका हुन्।
प्रचण्ड-नेपाल समूहले बिहीबार संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ।
हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन्। नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ।

