काठमाडौं, फागुन ३ । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा रहेको चाँदीको पुरानो जलहरी परिवर्तन गर्न ६४ किलो सुन पगालिएको छ ।
हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर विश्वसम्पदा सूचीमा सूचीकृत छ । चाँदीको पुरानो जलहरी परिवर्तन गर्ने विवाद चलिरहेका बेला शिवलिङ्गमा राखिएको जलहरीमा ६४ किलो सुन पगालेर त्यसलाई सुनमा परिणत गरिएको हो ।
तीन दिनयता सुन पगालेर लेपन गर्ने कार्य भइरहेको कोषले जनाएको छ । जलहरी फेर्न कोषद्वारा १० जना कालीगढ खटाइएको छ । जलहरी बनाउन एक सय आठ किलोग्राम सुन प्रयोग हुने बताइएको छ । उक्त सुन पगालेर जलहरीको आकार तयार हुनेछ ।
पशुपति विकास कोषका कार्यकारी सचिव घनश्याम खतिवडाले एक सातामा सुनको जलहरी तयार हुने बताए । यता, सुनको जलहरी राख्ने कार्यको विरोध पनि हुँदै आएको छ । मन्दिरकै पुजारी र स्थानीयले पुरानैलाई कायम राख्नुपर्ने माग उठाउँदै आएका छन् । उनीहरुले पुरानो जलहरी हटाउन नहुने धारणा राख्दै आएका छन् । पुरानोलाई निकालेर नयाँ राख्नु प्राचीन स्मारक ऐन शैव दर्शनविपरीत मानिने उनीहरुको तर्क छ । नागरिक दैनिकमा समाचार छ

