राजनीति

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समुह नै आधिकारीक नेकपा होः सुभाष नेम्वाङ

झापा, फागुन ५ । संविधानसभा अध्यक्ष एवम् नेकपा स्थायी समिति सदस्य सुभाष नेम्वाङले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गरेका छन् । झापाको धुलावारी स्थित टाउनहलमा आयोजित नेकपा ओली समूहको १ नं क्षेत्रीय भेलामा कार्यकर्तालाई सम्बोधन गर्दै नेम्वाङले ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दावी गरेका हुन् । उनले Read More…

संघ \संस्था

संसद विघटन राजनीतिक नभई संवैधानिक विषय होः वरिष्ठ अधिवक्ता खरेल

काठमाडौं, फागुन ५ । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट सुझाव दिँदै अधिवक्ता खरेलले संसद विघटन राजनीतिक नभई संवैधानिक प्रश्न भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले कानुनी ‘रिभ्यु’ हुन नहुने लिखित जवाफ Read More…

विविध

भागरथीको हत्याका अभियुक्त सार्वजनिक

काठमाडौं, फागुन ५ । बैतडीको दोगडा केदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । अभियुक्त दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले आज सार्वजनिक गरेको हो । गत माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले Read More…

विविध

भागरथीको बलात्कार र हत्यामा संलग्न प्रक्राउ, आज सार्वजनिक गर्ने

काठमाडौं, फागुन ५ । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । घटनाको १३औँ दिनमा पक्राउ परेका ती व्यक्तिलाई आजै सार्वजनिक गरिने तयारी भएको छ । पक्राउ परेका व्यक्ति भागरथी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरी स्रोतले जनाएको छ । दोगडाकेदार गाउँपालिका ७ की भागरथी कक्षा Read More…

समाचार

मोटरसाइकल दुर्घटना हुँदा झापामा एक जनाको मृत्यु

झापा, फागुन ५ । झापाको झापा गाउँपालिका –७ सानोमाई खोला पुलमा मंगलबारसाँझ भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । उत्तरतर्फ गइरहेको को १३ प ९०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–६ शरणामतीका २२ वर्षीय सनम तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले तीव्र Read More…

अर्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, उपभोक्ता मारमा

काठमाडौं, फागुन ५ । पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएको छ। नेपाल आयल नियगले मंगलबार डिजेल, पेट्रोल तथा मट्टितेल र हवाई इन्धनमा समान २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो। यसअघि पछिल्लो पटक माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। सोही दिन ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि भएको थियो। यसरी Read More…

खेलकुद

पीएसजीसँग बार्सिलोनाको लज्जास्पद हार

काठमाडौं, फागुन ५ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि क्वार्टरफाईनलको पहिलो लिगमा बार्सिलोना पेरिस सेन्ट जर्मेन पिएसजीसंग पराजित भएको छ । फ्रान्सेली क्लब पिएसजीले बार्सालाई उसैको मैदानमा ४–१ गोल अन्तरले हराएको हो । पिएसजीलाई शानदार जित दिलाउन केलियन एम्बाप्पेले ह्याट्रिक गरे । मोईस किनले एक गोल थपे । नाउ क्याम्पमा भएको खेलमा अग्रता भने बार्साले Read More…