राजनीति

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुन्छः सुवास नेम्वाङ

काठमाडौं, फागुन ७ । संविधानसभा अध्यक्ष एवम् नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । तोकिएको समयमै निर्वाचन हुने आवश्त पार्दै उनले त्यसका लागि तयार रहन सम्पूर्णलाई आग्रह गरेका हुन् ।

इलाम सदरमुकाममा हिजो आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गरेको बताउँदै उनले भने; ‘सर्वोच्च अदालतले यस बारेमा अन्तरीम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी उनको थियो ।