झापा, फागुन १५ । सुनसरीको इटहरीमा शुक्रबारसाँझ भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ ।
कोसी लोकमार्गमा उत्तरतर्फ जाँदै गरेको बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले इटहरी उपमहानगरपालिका– १२ मा ठक्कर दिँदा साइकलयात्री मोरङको उर्लाबारी नगरपालिका–१ का ४१ वर्षीय मनोज खनालको ज्यान गएको हो । ट्रकले उत्तरतर्फ नै जाँदै गरेको साइकललाई साँझ ६ः४५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका खनालको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ८ः२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक भारतीय नागरिक भोगेन्द्र दासलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जानकारी प्रहरीले दिएको छ ।

