धर्म संस्कृती

माझी समुदायको कोशी पुजा सम्पन्न

मेचीनगर, फागुन १८ । माझी समुदायको महान पर्व कोशी पुजा मंगलबार सम्पन्न भएको छ । नेपाल माझी उत्थान संघ झापाको आयोजनामा मेचीनगर–८ मा विविध पुजा आजा गरी कोशी पुजा सम्पन्न भएको हो । नेपाल माझी उत्थान संघले कोशी पुजाको अवसरमा मेचीनगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा मेचीनगर–८ Read More…

समाचार

प्रधानमन्त्री ओलीद्वारा प्रदेश भिलेज समुदायलाई हस्तान्तरण

झापा, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोड नगरपालिकाले निर्माण गरेको प्रदेश भिलेज समुदायलाई हस्तान्तरण गरेका छन् । उनले आज गृह जिल्लाको पहिलो कार्यक्रममा सहभागी हुँदै विर्तामोड–७ मा बनेको आवास समुदायलाई हस्तान्तरण गरेका हुन् । ३७ परिवारका लागि १ विगा ३ कठ्ठा जमिनमा निर्माण भएको प्रदेश भिलेज हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य नै Read More…

खेलकुद

धाइजन – चारआली सेमीफाइनलमा

बाहुण्डाँगी, फाुगन १८ । नव ज्योति युवा क्लबको आयोजनामा जारी नव ज्योति नकाउट फुटबल प्रतियोगितामा धाइजन चारआली युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । नव ज्योति निमाविको खेल मैदानमा मंगलवार भएको अन्तिम क्वाटर फाइनल खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ को गोल अन्तरले पराजित गर्दै धाइजन चारआलीले शुक्रवार हुने दोस्रो सेमीफाइनलमा श्रीनाथ गण चारआलीसँगको भेटलाई Read More…

स्वास्थ्य

प्रधानमन्त्री ओलीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन

झापा, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं-५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे । बिर्तामोड निवासी दुर्गा प्रसाईंका रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो । जसमा तीनसय शय्या Read More…

समाचार

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४७ घर जले, आगो नियन्त्रणतर्फ

झापा, फागुन १८ । ताप्लेजुङको दोभान बजारमा लागेको आगोबाट हालसम्म ४७ घर जलेर नष्ट भएको छ । आज बिहान करिब साढे ९ बजेदेखि शुरू भएको आगो क्रमश: नियन्त्रण उन्मुख भएको ताप्लेजुङकी सहायक प्रजिअ गायत्रा अधिकारी खड्काले बताइन् । आगलागीस्थलमै रहेकी खड्काको अनुसार अहिलेसम्म ४७ घर जलेको छ । भाडामा बसेका ३२ परिवारको विचल्ली भएको छ Read More…

समाचार

विप्लब समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं, फागुन १८ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्नका लागि गृहमन्त्री राम बहादुर थापा ‘बादल’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री थापासँगै प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले एक विज्ञप्ति जारी Read More…

कला मनोरञ्जन

बलिउड अभिनेत्री कंगनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, फागुन १८ । बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कंगनाविरुद्ध गीतकार जावेद अख्तरको मुम्बइको एक अदालतमा मानहानी मुद्दा दर्ता गरेका थिए । सोमबार अदालतले अभिनेत्री कंगनाविरुद्ध जमानती वारेन्ट (पक्राउ पुर्जी) जारी गरेको हो । मुम्बइको अन्धेरी महानगर मजिस्ट्रेटको अदालतले १ फेब्रुअरीमा कंगनालाई मार्च १ मा अदालतमा पेस हुन आदेश दिएको Read More…

स्वास्थ्य

प्रधानमन्त्री ओली आज झापा आउँदै

झापा, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउने भएका छन् । उनि झापा स्थित विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न आज झापा आउने भएका हुन् । एक वर्षअघि निर्माण सम्पन्न भई अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार गर्दै आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको आज प्रधानमन्त्री ओलीले औपचारिक रुपमा उद्घाटन Read More…