मेचीनगर, चैत १० । झापाको धुलाबारी स्थीत रोलिङ क्लवको आयोजनामा जारी चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता अन्तर्गत आज धाईजन चारआली फुटबल क्लब मेचीनगर र कर्णसिहं सोनाम फुटबल क्लब ताप्लेजुङ बिच प्रतिष्पर्धा हुँदैछ ।
प्रतियोगितामा बलियो टिमका रुपमा हेरिएको यी दुवै टिमले आज नतिजा आफ्नै पक्षमा पर्ने दाउमा मैदान उत्रने छन् । आजको खेल निकै रोमान्चक र प्रतिष्पर्धात्मक हुने खेल अनुयायीहरु बताउछन् ।
केहि समय अघि मात्रै मेचीनगरमा नै भएको प्रतियोगिताको उपाधि जितेको धाईजन चारआली फेरी आफ्नै नगरमा उपाधि जित्ने दाउमा उच्च मनोबलका साथ मैदान उत्रने छ । यता बलियो प्रतिद्धन्धी टिमलाई पाखा लगाउदै अन्तिम चारमा आफ्नो स्थान पक्का गर्ने रणनितीका साथ सोनाम फुटबल क्लब ताप्लेजुङ मैदान उत्रने देखिन्छ ।
यी दुइृ टिमबिचछ दिनको ३ः३० बजे देखि प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
१४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टीम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका सचिव महेश खड्काले जानकारी दिए ।
२० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम र दोस्रो पुरस्कारको मुख्य प्रायोजकमा मेचीनगर वडा नं.१० रहेको छ ।

