स्वास्थ्य

फेरि फैलिँदै कोरोना

काठमाडमैं, चैत १२ । कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणको प्रभाव कम गर्न भन्दै लकडाउन गरिएको एक वर्षपछि फेरि कोरोनाको जोखिम उस्तै त्रासदीपूर्ण तरीकाले बढ्न थालेको छ ।

छिमेकी मुलुक भारतका विभिन्न सहरहरुमा व्यापक रुपमा संक्रमण बढ्न थालेपछि सीमावर्ती भागहरू हुँदै नेपाल प्रवेश गर्ने नेपालीहरु र खुल्ला सीमाको फाईदा उठाउँदै निर्वाध आउजाउ हुँदा नेपालमा झनै जोखिम बढेको हो ।

केहि दिनको संक्रमण दर हेर्दा पनि नेपालमा संक्रमित बढेको अवस्था छ । विज्ञहरुले अबको केहि दिनमा दोस्रो लहरको संक्रमण तीव्र रुपमा बढ्ने भन्दै नजिकिएको होली पर्वमा भिडभाड गर्न नहुने भन्दै सुझाइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार नै एक सूचना जारी गर्दै आमजनतालाई सतर्क रहन आग्रह गरेको छ। गृह मन्त्रालयले संक्रमण दर बढ्न सक्ने भन्दै सोको जोखिमबाट जोगिन परिपत्र समेत गरेको छ । कोरोना संक्रमणदर उच्च हुँदै गए लकडाउनसम्म हुन सक्ने संकेत गरिएको छ ।