झापा, चैत १६ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । दुई वर्ष अघिसम्म देशका विभिन्न क्षेत्रमा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।
सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको पहिलो दिन हिजो हिमाली एवम् पहाडी जिल्लामा होली खेलेर मनाईयो भने आज तराईका जिल्लामा खेलिदैछ ।
विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । साथै घर परिवारमै फागु पर्वमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।

