निरन्तर बगिरहेको छ
माईखोला अनवरत रूपमा
युगौदेखि अहिलेसम्म
उत्तरदेखि चिसो बतास
आइरहेको छ मुटुलाई छुने गरि
तिमी यसरीनै बगिरहनु
कहिल्यै नथाक्नु
हिडिरहनु सत्यमा ।
जीवन के हो?
मरण के हो ?
आज म यहीँ माटोलाई छोएर
कसम खाँदैछु र भनिरहेको छु
मान्छे मरेपछि उसको
अहंकार कहाँ जान्छ ?
भन माई भगवती
तिम्रो आरधना हुन्छ
तिम्रै पुजा हुन्छ
यहाँबाट
एकदिन मरेर जान्छ मानिस
थाहा हुँदाहुँदै
मान्छेको अहंकार पनि
तिमी लिएर जान्छौं
आज मलाई जवाफ देउ ।
माईखोलाको किनारै – किनारै हिड्छु
बैराग्य हुन्छु जीवनको सत्यमा बिरत्तिन्छु म
मान्छेको चेतना कहाँ गएर बिर्सजन हुन्छ
आज म माईखोलाको शमसानघाट
हेरिरहेकोछु मान्छेको लोभ ईष्र्या
अहंकार यतिको घमण्ड कहाँ गएर सकिन्छ ।
जीवनको यति ठूलो सत्यमाथि
स्वीकार गर्न सकिरहेका छैनन् मान्छेहरु
म कहिल्यै मर्दिन भनेर
अहंकार पालेर बसेका छन् ।
जीवन के हो?
मान्छेको भावना र समवेदना कस्तो हुन्छ ?
आखिरीमा जीवन के हो त ?
यहीँ शमसानघाट निहाल
तिम्रो अहंकार घमण्ड
क्षण भरमै शुन्य हुनेछ
तिमीले महसुस गर्नेछौ
जीवनको रहस्य ।
लेेेेखक अमित संग्रौला विर्तामोड ,झापा

