अर्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, चैत २२ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । आयल निगम सञ्चालन समितिले आइतवार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

जस अनुसार पेट्रोल प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ । निगमले रु २ बढाएर पेट्रोलको मूल्य एक सय २० रुपैयाँ बनाएको हो ।

यसैगरी डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु २ बढेर एक सय ३ रुपैयाँ पुगेको छ ।

एलपी ग्यास र कवाइ इन्धनको मूल्य खुद्रा बिक्री मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।