काठमाडौं, चैत २२ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । आयल निगम सञ्चालन समितिले आइतवार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जस अनुसार पेट्रोल प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ । निगमले रु २ बढाएर पेट्रोलको मूल्य एक सय २० रुपैयाँ बनाएको हो । यसैगरी डिजेल तथा मट्टितेलको Read More…
Day: April 4, 2021
महासंघको प्रदेश प्रमुखमा थापा निर्वाचित
झापा, चैत २२ । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश प्रमुखमा झापाका शंकर थापा निर्वाचित भएका छन् । नेकपा एमाले निकट उक्त जनवर्गीय संगठनले शनिबार काठमाडौंको बानेश्वरमा आयोजना गरेको राष्ट्रिय भेलाले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो । महासंघ केन्द्रको भेलाबाट निर्वाचित थापा झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत Read More…
अध्यक्षमा पराजुली निर्वाचित
मेचीनगर, चैत २२ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा राजकुमार पराजुली विजयी भएका छन् । अध्यक्षमा पराजुुली निर्वाचित भएको निर्वाचन समितिले भर्खरै घोषणा गरेको छ । साझा प्यानलका पराजुलीले १ हजार ५ सय ९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक प्यानलका हर्कबहादर फ्याकले १ हजार ५ सय ४ मत प्राप्त गरे Read More…
मृत अवस्थामा भेटिए गाँउले होटलका सञ्चालक
मेचीनगर, चैत २२ । दुई दिनदेखि हराईरहेका बिर्तामोडका एकजना पुरुष आइतबार मेचीनगरमा मृत अवस्था भेटिएका छन् । बिर्तामोड–५ का ५० वर्षीय पुरुष आज मेचीनगर–१३, चारआली स्थित कालिझोडामा मृत अवस्थामा फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड स्थित गाँउले होटलका सञ्चालक तीलक निरौला दुईदिनदेखि वेपत्ता रहेका थिए । उनि आज कालिझोडामा मृत अवस्थामा फेला Read More…
माओवादी केन्द्रको बैठक आज, नयाँ सत्ता समीकरण बारे छलफल हुने
काठमाडौं, चैत २२ । सरकार परिवर्तनको खेलमा सक्रिय रहेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (आइतबार) बस्दैछ । नयाँ सत्ता समीकरणमा कसरी अगाडि बढ्ने र आगामी रणनीति के हुन् भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको नेता वर्षमान पुनले बताए । कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सत्ता समीकरणका लागि जाने निर्णय गरिसकेको अवस्थामा माओवादी केन्द्रले भने Read More…
आगलागी हुँदा ३५ घर जलेर नष्ट
काठमाडौं, चैत २२ । जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ । पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर Read More…






