समाचार

मृत अवस्थामा भेटिए गाँउले होटलका सञ्चालक

मेचीनगर, चैत २२  दुई दिनदेखि हराईरहेका बिर्तामोडका एकजना पुरुष आइतबार मेचीनगरमा मृत अवस्था भेटिएका छन् ।

बिर्तामोड–५ का ५० वर्षीय पुरुष आज मेचीनगर–१३, चारआली स्थित कालिझोडामा मृत अवस्थामा फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड स्थित गाँउले होटलका सञ्चालक तीलक निरौला दुईदिनदेखि वेपत्ता रहेका थिए । उनि आज कालिझोडामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थल वरिपरि प्रहरीले घेराबन्दी गरेको छ । प्रहरीका अनुसार धरानबाट कुकुर मगाएकोले अहिले नै थप कुरा केहिपनि भन्न नमिल्ने बताएको छ ।