धर्म संस्कृती

पूर्वराजा-रानी कुम्भमेलामा सहभागी हुन भारत जाने

काठमाडौं, चैत २४ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह भारत जाने भएका छन् ।

पूर्वराजाको सचिवालयले दिएको जानकारी अनुसार भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी चैत २६ गते बिहीबार भारत जान लागेका हुन् ।

उनी कहिले फर्किने हुन् भन्ने बताइएको छ । हरिद्वारमा लागेको कुम्भ मेला अप्रिल २७ सम्म चल्नेछ ।