संघ \संस्था

पहिलो पाइलाको लागू औषध सम्बन्धि सचेतना

मेचीनगर, चैत २७ । मेचीनगर-८ स्थित आदर्श माध्यमिक विद्यालयमा लागूऔषध नियन्त्रण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पहिलो पाइला नेपाल मेचीनगर शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा लागूऔषधले पार्ने प्रभाव, दुव्र्यशनीबाट बच्ने तरिकाबारेमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।

विद्यार्थी जीवन सुन्दर भविष्यको निक्र्यौल गर्ने महत्वपूणर् समय भएको स्मरण गराइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राजु बुढाथोकीले विद्यार्थीहरुलाई लागूऔषधको प्रयोगबाट टाढै रहन कार्यक्रममा सुझाव दिएका थिए ।

समाजमा आइपरेका विकृती र विसङ्गतिको खुलेर विरोध गर्दै सकरात्मक कार्यलाई आत्मसाथ गर्ने उद्देष्यका साथ झापा मेचीनगरमा केहि समयअघि मात्रै पहिलो पाइला स्थापना भएको थियो । संस्थाको पहिलो कार्यक्रमको रुपमा विद्यार्थी केन्द्रित कार्यक्रम गरिएको बताइएको छ ।

विद्यार्थी जीवनमा उपयोगी बन्ने यस किसिमका कार्यक्रमलाई अन्य विद्यालयमा पनि निरन्तरता दिइने कार्यक्रम संयोजक करिना पौडेलले बताइन् ।

संस्थाका सदस्य भवेश दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अभिजित दवाडीले गरेका थिए ।