मेचीनगर, बैशाख १ । नयाँ बर्षको अवसर पारेर झापाको मेचीनगर–२ स्थित बौद्धमोडमा जेष्ठ नागरिकहरु भेला भएर आफ्ना दुःख सुख साट्दै नयाँ बर्ष मनाएका छन् ।
नयाँ बर्ष २०७८ सालको आगमन संगै आज पहिलो दिन मेचीनगर–२ का अग्रज समाजसेवी एवम् जेष्ठ नागरिक ज्ञानबहादुर तामाङको आर्थिक संयोजनमा सो क्षेत्रका ७० बर्ष नाघेका बृद्ध बृद्धालाई भेला पारी सम्मान समेत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडानम्बर २ का वडाध्यक्ष तिलक न्यौपाने, विशेष अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय संस्थापक महासचिव चन्द्र भण्डारी, साविक बाहुण्डाँगी गाविस अध्यक्ष निलकण्ठ तिवारीलगायतले अबिर र खदा पहिर्याएर जेष्ठ नागरिकलाई सम्मान गरेका थिए ।
कार्यक्रममा भेला भएका जेष्ठ नागरिकहरूले एक अर्कालाई आफ्ना दुःख सुखका अनुभव साट्दै नयाँ बर्षको शुभकामना आदनप्रदान गरेका थिए ।
जेष्ठ नागरिक ज्ञानबहादुर तामाङको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत जेष्ठ नागरिक लक्ष्मीप्रसाद चापागाईं र सञ्चालन समाजसेवी पूर्णबहादुर खड्काले गरेका थिए ।

