धर्म संस्कृती

भजन प्रतियोगिताको उपाधि श्री सत्यसाई किर्तन मण्डलीलाई

मेचीनगर, बैशाख ९ । राम नवमीको अवसर पारेर किर्तन मण्डलीस्तरीय भजन प्रतियोगिता सम्पन्न भएको छ ।

मेचीनगर-८ स्थित सरस्वती किर्तन मण्डलीको अायोजनामा बुधबार बेलुका सम्पन्न भजन प्रतियोगितामा श्री सत्यसाई किर्तन मण्डली विजयी भएको छ ।

विजयी सत्यसाई किर्तन मण्डलीलाई कार्यक्रमका प्रमुख अतिथि कमल पौडेल, निर्णायक मण्डलका गिरिराज धमला, जीवन भट्टराईलगायले प्रमाणपत्र, ट्रफी र डफली प्रदान गरेका थिए ।

मण्डलीका अध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा अायोजित कार्यक्रममा स्वागत युवराज अाचार्य र सञ्चालन विमल भट्टराई र अभिषेक श्रेष्ठले गरेको थिए ।